Wednesday, December 18, 2024

Promoting Health and Learning: IAQ Seminar at Creative Academy

 Jaya Basyal 

17th December, 2024




On December 7, 2024, Creative Academy welcomed teachers from the Education University of Hong Kong and Kathmandu University for a seminar about Indoor Air Quality (IAQ) and its effects on health and learning. The event ran from 7:00 AM to 9:30 AM in the Multipurpose Hall and aimed to engage students and mentors in an important discussion about air quality.


Ms. Ding, a teacher from Hong Kong, led the session and introduced a gadget she created to measure air quality. Students had the opportunity to use this device to check the air quality both inside and outside the school. This hands-on activity helped them understand the air they breathe in their learning environment and provided them with ideas to improve it.




Mr. Govinda Acharya, a Senior Science Teacher at Creative Academy, shared his thoughts: "Students need to know how indoor air quality impacts their health and learning. These seminars help students learn more and inspire them to work towards better environments."


Overall, the seminar not only deepened students' understanding of science but also highlighted how air quality plays a role in their daily lives and education. The session concluded with talks about hosting similar events in the future to continue raising awareness and providing practical information to students.


Sunday, December 15, 2024

क्रिएटिभ एकेडेमीमा दुई देशका शिक्षकको ज्ञान आदानप्रदान

 कीर्तिपुर । 



कीर्तिपुरस्थित क्रिएटिभ एकेडेमीमा भारतीय शिक्षक र नेपाली शिक्षकहरूबीच अनुभव, ज्ञान र सिकाइ आदानप्रदान भएको छ। विद्यालयले आयोजना गरेको 'रेसिप्रोकल टिचर एकसचेन्ज कार्यक्रम'मा शिक्षण सिकाइ एवम् सांस्कृतिक अनुभवहरूको आदान प्रदान गरिएको थियो उक्त कार्यक्रममा भारतको 'चोइथराम इन्स्टीच्यूट अफ स्कूल्स, इन्दौर'का पाँच शिक्षक सहभागी भएका थिए।



कार्यक्रममा भारतबाट आएका पाहुना शिक्षकलाई एकेडेमीको प्राङगणमा पञ्चकन्यासहित बाँसुरी बजाएर स्वागत गरिएको थियो। साथै, सात प्रदेश झल्काउने स्टल समेत प्रर्दशन गरिएको थियो । त्यस्तै नेपाल र भारतको संस्कृति झल्काउने नृत्य गीत, सङ्गीतसमेत प्रस्तुत गरिएको थियो स्वागत कार्यक्रममा विद्यार्थीहरूले आफ्ना विविध प्रस्तुती पनि दिएका थिए। 




मंसिर २१ गते देखि २५ गतेसम्म सम्पन्न उक्त कार्यक्रममा पाहुनाहरूका लागि स्कूल क्लबका विद्यार्थीहरूले तयार पारेको नाटक मण्डला थिएटरमा प्रस्तुत गरिएको थियो साथै विद्यालयको साहित्य क्लबद्वारा साहित्यिक पुस्तकसमेत विमोचन गरिएको थियो



त्यस्तै भारतबाट आएका शिक्षकहरूले नेपाली विद्यार्थीलाई विभिन्न विषयबारे प्रशिक्षण दिएका थिए। कक्षा ४ का विद्यार्थीका लागि क्रातिका दुवेले स्वस्थ खानपानको महत्व ,कक्षा ,, अध्यापन गराउने शिक्षकका लागि जगमित कौर चाब्राले इमोसनल इन्टेलिजेन्स, बिन्दू अव्राहमले कक्षा देखि सम्म अध्यापन गराउने शिक्षकलाई अथेन्टिक एसेसमेन्ट र  कक्षा का विद्यार्थीलाई रोल अफ रेजिष्टर एण्ड स्टाइल इन क्रिएटिभ राइटीङ बारे त्यस्तै  कक्षा १० का विद्यार्थीका लागि कार्वन कम्पाउण्डबारे जगमित कौर चाब्राले  प्रशिक्षण दिएका थिए। प्रि प्राइमरीका लागि सपना भटनागरले मन्टेश्वरी विधि सम्बन्धी अभ्यासको   जानकारी गराइन् भने ग्लोबल सिटिजन प्रोग्राम इन चोइथराम बारे रामिन्दर कौर म्याकले प्रशिक्षण दिएकी  थिइन् ।  गुगल फर एजुकेशन पार्टनर विषयमा सगुन ढुङगानाले शिक्षण सिकाईमा AI को प्रयोग सम्बन्धी तालिम दिएका थिए



रेसिप्रोकल टिचर एक्सचेन्ज कार्यक्रममा उपस्थित चोइथराम सर्भिस यूनिट एवम् चोइथराम ग्रुप अफ स्कुलको डिन रामिंदर म्याकले क्रिएटिभ एकेडेमीलाई धन्यवाद ज्ञापन गर्दै यस्तो किसिमको टिचर एक्स्चेञ्ज कार्यक्रममा पहिलो पटक सहभागिता जनाउन पाउनुमा खुसी व्यक्त गर्दै शिक्षकहरू बीचको अनुभवहरूको आदानप्रदानले सिकाइ र शिक्षण दुबैमा उल्लेख्य प्रभावहरू पार्ने एवम् आगामी दिनहरूमा पनि यस्ता किसिमका कार्यक्रमहरू विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता हुनेगरी निरन्तरता दिने सोचाइ रहेको बताउनुभयो । 

कार्यक्रममा शैक्षिक विषयवस्तुको आदान प्रदानसँगै कला, भाषा, संस्कृति र नेपाल भाषा लिपिको प्रशिक्षण समेत आयोजना गरिएको थियो । पाहुनाहरूका लागि स्थानीय परिकारहरूको जानकारी गराउने उदेश्यले  योमरि र बारा लगायतका परिकारहरू बनाइएको थियो । 

रेसिप्रोकल टिचर एकसचेन्ज कार्यक्रमको दौरानमा आमन्त्रित पाहुनाहरूलाई बाघभैरव, उमामहेश्वर र चिलिन्चो लगायतका सम्पदा क्षेत्रमा 'सर्ट हेरिटेज वाक' गराइएको थियो । त्यसैगरि पशुपतिनाथ, वसन्तपुर, भक्तपुर र चन्द्रागिरीको भ्रमणसमेत गराइएको थियो । 



पाहुनाहरूलाई विशेष सम्मान गर्दै काठमाडौँ विश्वविद्यालयका एसोसिएट प्रोफेसर पर्वत ढुङगाना तथा शिक्षा विश्वविद्यालय हङकङका प्रोफेसर डेंगलगायतसँग कार्यमूलक अनुसन्धानमा आधारित विस्तृत छलफलको कार्यक्रम समेत आयोजना गरिएको थियो ।



Promoting Health and Learning: IAQ Seminar at Creative Academy

  Jaya Basyal  17th December, 2024 On December 7, 2024, Creative Academy welcomed teachers from the Education University of Hong Kong and Ka...